Connect IPS
IME Life

लगानीकर्ताले शेयर बजारबाटै पौने तीन खर्ब कमाउदा सरकार, नेप्से, बोर्ड, सिडिएससी र ब्रोकरको हातमा १८ अर्ब ५० करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सँग सम्बन्धित पक्षहरु नेपाल सरकार, ब्रोकर, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेप्से र सिडिएससीले मात्रै गत आर्थिक वर्षमा १८ अर्ब ३ करोड रुपैयाँ कमाएका छन् । उनिहरुले उक्त रकम कमाउदै गर्दा दोस्रो बजारका लगानीकर्ताले मात्रै लगभग २ खर्ब ८६ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

पूँजीगत लाभकर मुनाफामा मात्रै तिर्नु पर्छ । नेपाल सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै १४ अर्ब ३४ करोड रुपैयाँ पूँजीगत लाभकर मार्फत असुल गरेको छ । जवकी अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा  यस्तो लाभकर ९ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । एक वर्षको अवधिमा यस्तो कर १४३२ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै ब्रोकरहरुले शेयर खरिद बिक्री गराए बापत प्राप्त हुने कमिशन पनि अघिल्लो वर्षको तुलनामा ६२८ प्रतिशतले बृद्धि भएको छ । ब्रोकर कार्यालयले गत वर्ष मात्रै ब्रोकर टिडिएस मार्फत एक अर्ब ३९ करोड रुपैयाँ प्राप्त गरेका छन् । जवकी अघिल्लो आर्थिक वर्षमा ब्रोकरहरुले जम्मा १९ करोड १८ लाख रुपैयाँ मात्रै बुझेका छन् ।

धितोपत्र बोर्डले पनि गत आर्थिक वर्षमा ८६९ प्रतिशतले शुल्क बढाउन सफल भएको छ । बोर्डले गत आर्थिक वर्षमा मात्रै ४३ करोड ४३ लाख रुपैयाँ शुल्क प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ४ करोड ४७ लाख रुपैयाँ मात्रै थियो ।

अन्य पक्षका साथ साथै गत वर्ष नेप्सेले पनि कमिशन शुल्क ४८७ प्रतिशतले बढाउन सफल भएको छ । नेप्सेले गत आर्थिक वर्षमा एक अर्ब ८० करोड रुपैयाँको कमिशन प्राप्त गरेको छ । तीन वर्ष अगाडी १९/२० करोड रुपैयाँको अनलाइन प्रणाली खरिद गरेको नेप्सेले सोहि प्रणाली मार्फत गएको एकै वर्षमा एक अर्ब ८० करोड रुपैयाँ कमाइदिएको छ । जवकी अघिल्लो आर्थिक वर्षमा नेप्सेले यस्तो कमिशन ३० करोड ७० लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै सिडीएससी पनि गत आर्थिक वर्षमा सबैभन्दा धेरै लाभांन्वित भएको छ । सिडिएससीले आफ्नो कमिशन मात्रै ४८७ प्रतिशतले बढाउन सफल भएको छ । सिडिएससीले एक अर्ब ८० करोड रुपैयाँ कमिशन प्राप्त गरेको छ । यसरी सरकारको प्रत्यक्ष लगानी रहेका नेप्से तथा सिडिएससी र नियामक निकाय धितोपत्र बोर्डले एक मुष्ठ २ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेका छन् । यसमा ब्रोकर टिडिएस बाहेक सम्पुर्ण आम्दानी नेपाल सरकार तथा नेपाल सरकार अन्तर्गतकै निकायहरुको रहेको छ ।

यसरी एकै वर्षमा अर्बौ रुपैयाँ आर्जन हुने क्षेत्र नेपाल सरकारको प्राथमिकतामा छैन । नेपाल स्टक एक्सचेन्ज तथा धितोपत्र बोर्डमा जाने सरकारी प्रतिनिधिहरुको आखामा शेयर बजार जुवाको खाल बाहेक अरु केहि पनि छैन । उनिहरु लगानीकर्ताले कमाएको देखेरै आत्तीने गरेको बोर्ड तथा नेप्सेका प्रतिनिधिहरु बताउछन् । सरकारले यस क्षेत्रको विकास गरेर यो भन्दा धेरै रकम कमाउने ठाउँ छ तर उनिहरुले कहिले पनि यसको सुधार भएको देख्न चाहदैनन् ।

अहिलेको आम्दानी इक्वीटी बजारबाट मात्रै हो । जवकी विश्वका शेयर बजारमा इक्वीटी अन्य कारोबारको तुलनामा एकदमै सानो हिस्सा हो । विश्वका मनि मार्केटमा ऋणपत्र, म्युचुअल फण्ड, करेन्सी लगायको कारोबार धेरै हुन्छ । नेपालको शेयर बजारमा भर्खर ऋणपत्रको कारोबार सुरु भएको छ । यस बाहेक शेयर बजारमा धेरै वटा औजारहरु रहेका छन् । जसले शेयर बजारबाट अर्बौ रुपैयाँ कमाउन मद्दत गर्न सक्छन् ।

गएको वर्षमा यति धेरै आर्जन भएको शेयर बजारमा यस वर्ष भने त्यो बराबरको मुनाफा हुने देखिदैन । गत भदौ २ गते सबैभन्दा उच्च विन्दुमा पुगेको शेयर बजार त्यस यता लगाता घटिरहेको छ । ३१९९ अंकसम्म पुगेको नेप्से सूचक २२८१ अंकसम्म तल झरिसकेको छ । शेयर बजारमा गिरावट हुने वित्तीकै कारोबार रकम घट्छ । अर्को तर्फ लाभ कर मुनाफामा तिर्ने भएकाले बजार घट्ने वित्तीकै लगानीकर्ताले घाटा खाएर शेयर बिक्री गर्ने हुँदा लाभकर उठ्न सक्दैन । कारोबार रकम घट्ने वित्तीकै ब्रोकर, नेप्से, सिडिएससी र बोर्डको आम्दानी पनि घट्छ । यि बाहेक मर्चेन्ट बैंकरहरुले पनि यस क्षेत्रबाट राम्रो आम्दानी गर्छन् । यसमा उनिहरुको आम्दानी समावेश गरिएको छैन । गत आर्थिक वर्षमा मर्चेन्ट बैंकरहरुले दिएको लाभांश हेर्दा उनिहरु पनि मालामाल छन् ।

यदि बजारबाट यहि हिसावले लाभ चाहिरहने हो भने सरकारले शेयर बजारको विकास र विस्तार गर्न जरुरी छ । यस क्षेत्रको आम्दानीलाई आकाशे खेतीको रुपमा भन्दा पनि स्थायी किसिमको आम्दानीको रुपमा हेर्न चाहने हो भने बजारलाई स्थिर राख्न सक्नु पर्छ । यसका लागि मार्केट मेकरदेखि लिएर ठुला ठुला स्टक डिलरको व्यवस्था गर्न सक्नु पर्छ ताकी ठुलो सप्लाइलाई पनि बजारले धान्न सकोस् ।

शेयर बजार मनोविज्ञानमा सञ्चालन हुने क्षेत्र हो । राजनीतिक दलका ठुला नेता तथा प्रशासन तहका उच्च पदाधिकारीहरु जवसम्म शेयर बजार प्रति सकारात्मक देखिदैनन् यस क्षेत्रमा सुधारको अपेक्षा गर्न सकिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS