काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २,३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको ९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनीको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।