काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा आज सोमवार गर्दैछ । कम्पनीले उक्त सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा हुने जनाएको छ ।
कम्पनीले गत आथिृक वर्षको नाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बन्द गर्ने जनाएको छ। यस आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।