Connect IPS
IME Life

बोटलर्स नेपाल तराई र बालाजुले बोलाए एकै दिन साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजु कम्पनीले पुस २८ गते एकै दिन साधारण सभा गर्ने भएका छन् । ती दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

बोटलर्स नेपाल (बालाजु) ले ४३औं वार्षिक साधारण सभा पुस २८ गते बेलुका ४ बजे होटल -याडिसन लाजिम्पाट, काठमाडौमा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र एकजना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गतेसम्म बन्द रहने कम्पनीले बताएको छ ।

साथै, बोटलर्स नेपाल (तराई) कम्पनीले पनि ३५औं साधारण सभा पुस २८ गते बिहान होटल -याडिसन लाजिम्पाट काठमाडौंमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गतेसम्म बन्द गर्ने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS