Connect IPS
IME Life

जीवन बीमकलाई मार्केटिङ्गमा दक्ष जनशक्ति जोगाउनै मुश्किल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । व्यवसाय वृद्धिको लागी जबरजस्ती दबाबमा रहेका जीवन बीमकको उच्च व्यवस्थापनलाई केही समय यता अर्को तनाव आइ लागेको छ । वर्षौ शीप सिकाएर दक्ष बनाएको जनशक्ति फ्याट्ट राजीनामा गर्दै अर्को तिर हिंड्ने क्रम बढेसँगै व्यवस्थापनलाई तनाव आई लागेको हो ।

एकातिर व्यवसाय वृद्धि गर्नुपर्ने दबाब छ भने अर्कोतर्फ दिनदिनै कर्मचारीहरुको राजीनामाको बढ्दो चाङ्ग । खासगरी बीमालेख बिक्रीमा संलग्न जनशक्तिको बहिर्गमनले गर्दा उच्च व्यवस्थापन दबाबमा परेको हो ।

Prabhu
Crest

बजार प्रतिस्पर्धामा टिकी रहन र व्यवसाय वृद्धि गर्नको लागी बीमालेखको बिक्री बढाउनुपर्ने बाध्यता छ । यस्तो बाध्यता अन्तर्गत उच्च व्यवस्थापनले बजार विभाग अन्तर्गत कार्यरत प्रत्येक जनशक्तिलाई भूगोल अनुसारको व्यवसायको लक्ष्य वितरण गर्छ । सानो कम्पनीहरुमा सानै स्तरको र ठूलो कम्पनीमा ठूलै स्तरको व्यवसायीक लक्ष्य प्रदान गरिएको हुन्छ ।

अहिले जीवन बीमकहरुबीच तीब्र बजार प्रतिस्पर्धाको कारण दिनगन्तीको हिसाबले जीवन बीमकहरुले बीमालेख बिक्रीबाट प्राप्त भइरहेको आम्दानीको तथ्यांकलाई हेर्दै जनशक्तिलाई व्यवसायीक लक्ष्य कुनै पनि हालतमा पुरा गर्नको लागी दिनदिनै घचघच्याउनु परिरहेको छ ।

एकातिर पुराना कम्पनीहरुले ठूलो व्यवसायीक लक्ष्य दिएर जनशक्तिलाई पेल्नुपर्ने बाध्यता छ भने अर्कोतिर दक्ष जनशक्ति र अनुभवी अभिकर्ताको टोलीको अभाव झेली रहेका नयाँ जीवन बीमकहरु जुनसुकै शर्तमा व्यवसाय वृद्धि गर्ने रणनीति अन्तर्गत यस्ता जनशक्तिलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न तम्तयार हालतमा छन् ।

अहिले कुनै कर्मचारीलाई दबाबै दिनुहुन्न, फ्याट्ट राजीनामा तेस्र्याएर अर्कोतिर हिंडी हाल्छन्, पुरानोमध्येको एक जीवन बीमा कम्पनीको शाखा प्रबन्धकले भने, नपेल्दा व्यापार हुँदैन, पेल्न थाल्यो कर्मचारी टिक्दैनन् ।  नयाँ कम्पनीहरुले दुई तह माथिल्लो पद, अतिरिक्त सेवा सुविधा र कारको लागी सहजरुपमा कर्जा सुविधा समेत उपलब्ध गराएर पुराना कम्पनीबाट मार्केटिङ गर्ने जनशक्ति तानिरहेका छन् ।

अहिले मार्केटिङ्ग गर्न सक्ने दक्षता भएका कर्मचारीको दुबै हातमा लड्डु छ, एकजना क्षेत्रिय प्रबन्धकले भने, काम गरिरहेकै कम्पनीभित्र सक्दो मोलमोलाई गर्ने, नभए अर्को कुनै कम्पनीसँग कुरा मिलाएर हिंड्ने । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको असरका कारण जीवन बीमा क्षेत्रमा दक्ष जनशक्ति भित्रिने र बाहिरिने क्रम २०७४ सालमा नयाँ जीवन बीमा कम्पनीहरुको स्थापना हुँदाको समयजस्तै उच्च बिन्दुमा पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS