Connect IPS
IME Life

सिटिजन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको अर्घाखाँची शाखाले घातक रोगको दावी भुक्तानी वापत ४ लाख ७८ हजार २७७ रुपैयाँ प्रदान गरेको छ । अर्घाखाँची शाखा प्रमुख नारायण घर्तिको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी बीमितकी आमा चंद्रकला खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर बि।क।को प्रमुख आतिथ्यता र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको विशिष्ट आतिथ्यतामा सन्धिखर्क नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली , कार्यक्रम संचालक एजेन्सी म्यानेजर तथा गोल्ड क्लब विजेता राजु खनाल , अर्घाखाची शाखाका कर्मचारी र लिडरहरुले संयुक्त रुपमा चेक प्रदान गरेका हुन् ।

Prabhu
Crest

मलारानी ९ निवासी २५ वर्षिय नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा सिटिजन लाइफको अर्घाखाँची शाखाबाट ५ लाखको बीमा गरेका थिए । उनको उपचारकै क्रममा कम्पनिले बीमाङ्क रकम ५ लाख रुपैयाँको घातक रोग उपचार खर्च वापत ४ लाख ७८ हजार २७७ रुपैयाँ प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले बताए ।

क्षेत्रीय प्रवन्धक मरासिनीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

साथै उपमेयर ठाकुर बि.क.ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व समेत पुरा गरेको र समस्त नेपाली जनतालाई आर्थिक सुरक्षाको लागि बीमा अत्यावश्यक र अनिवार्य भएको बताए ।

बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको र सिटिजन लाइफमा बीमा गरेर आर्थिक रुपले ढुक्क हुन सकिने बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS