काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज पुस ४ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले पुस ११ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य ७३५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
उक्त शेयमा परेको बोलपत्र पुस १२ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खाल्ने कम्पनीले जनाएको छ ।