Connect IPS
IME Life

घट्न थाल्यो शेयर धितोकर्जा, चार महिनामै साढे चार अर्बले खुम्चिएर एक खर्ब एक अर्बमा झर्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा गिरावट आउन थाले सँगै शेयरधितो कर्जा प्रवाह पनि खुम्चिन थालेको छ । भदौ २ गते पछि शेयर बजार लगातार ओरालो झर्ने क्रममा छ । यस अवधिमा कतिपयले शेयरधितो कर्जा सल्टाएको देखिन्छ ।

असार पछिका चार महिनामा यस्तो कर्जा १ अर्ब ३३ करोड रुपैयाँले खुम्चिएको छ । ठुला तथा बाठा लगानीकर्ताले कर्जा सल्टाएको हुन सक्ने विश्लेषकहरु बताउछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ठुला लगानीकर्तालाई ४/१२ करोड रुपैयाँको सिमा भित्र झार्न निर्देशन दिएको थियो । यसले पनि केहि हदसम्म शेयर कर्जा भुक्तानी भएको हुन सक्छ ।

Prabhu
Crest

अर्को तर्फ शेयर बजार लगातार तल झर्ने क्रममा मार्जीन कलका कारणले पनि लगानीकर्ताले शेयर धितो कर्जा सल्टाइरहेका छन् । यो तथ्याङ्क कार्तिक महिनाको हो । मंसिर महिनाको तथ्याङ्क हेर्ने हो भने यस्तो रकम थप घट्ने विश्लेषकहरु बताउछन् ।

कार्तिक महिनासम्ममा बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सले एक खर्ब एक अर्ब रुपैयाँको ‘मार्जीन लोन’ प्रवाह गरेका छन् । बैंकहरुले गत असार महिनामा यस्तो कर्जा एक खर्ब ६ अर्ब रुपैयाँ प्रवाह गरेका थिए । असोज महिना सम्ममा एक अर्ब तीन अर्ब रुपैयाँमा खुम्चिएकोमा कार्तिक हुँदा एक खर्ब एक अर्बमा झरेको छ । बैंक वित्तीय संस्थामा तरलता अभाव चुलिएको छ । बैंकहरु नयाँ कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा थिए । अर्को तर्फ बजार पनि लगातार ओरालो झर्ने क्रममा छ । यहि हिसावले बजार तल झर्ने हो भने भोलिका दिनमा यस्तो कर्जा अझै घट्न सक्ने छ ।

अघिल्ला वर्षमा शेयर बजार तल्लो विन्दुमा रहदा शेयर धितो कर्जा जम्मा ४०/४५ अर्ब रुपैयाँमा समित थियो । गत वर्षको सुधारले गर्दा कर्जा प्रवाह बढेको हो । जेठ असारमा बैंकिङ प्रणालीमा अधिक तरलता हुने भएकाले बैंकहरुको ध्यान शेयरधितो कर्जामा केन्द्रित थियो । उनिहरुले बोलाइ बोलाइ कर्जा दिन थालेका थिए । अहिले तिनै बैंकहरुले मार्जीन कल गरेर लगानीकर्तालाई हैरान पारिरहेका छन् ।

कुन बैंकको मार्जीन कर्जा कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS