काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने हुँदा पुस ८ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।