Connect IPS
IME Life

स्थापनाकालदेखि लाभांश दिन नसकेको नेपाल डिपीले खर्च धान्न हकप्रद शेयर निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्थापनाकालदेखि लाभांश दिन नसकेको नेपाल डिपी लिमिटेडले खर्च धान्नकै लागि हकप्रद शेयर निष्काशनको प्रस्ताव सहित साधारणसभा बोलाएको छ । नेपाल डिपीले पुस २३ गते छैठौ वार्षिक साधारणसभा बोलाएको हो । सञ्चालक समितिले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न गरेको प्रस्ताव उपर साधारणसभामा छलफल हुने छ । यदि सभाले उक्त अनुपातमा परिवर्तन गर्न चाहेमा परिवर्तन पनि हुने गरी विशेष प्रस्ताव पेश गरिने भएको छ ।

१० ब्रोकरहरु मिलेर २०७२ फागुन १९ गते स्थापना गरिएको यस संस्थाले खासै राम्रो काम गर्न सकेको छैन । हालसम्म यसले २६ हजार डिम्याट खाता खोलेको छ । डिपी सेवा दिने उद्देश्यले स्थापना भएको यस संस्थाले स्थापनाको ६/७ वर्षमा पनि खासै उपलब्धि हासिल गर्न नसकेको जानकारहरु बताउछन् । आजका दिनमा ४८ लाख भन्दा धेरै डिम्याट खाता खुलिसकेका छन् । तर यसको भागमा जम्मा २६ हजार मात्रै छ । यस सस्थाको अध्यक्षमा रामचन्द्र लोहनी रहेका छन् । त्यस्तै अन्य सञ्चालकहरुमा योगेन्द्र हमाल, निर्मल कोइराला, राजकुमार चालिसे र सविता पौडेल रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS