Connect IPS
IME Life

तीन बाणिज्य बैंक बाहेक सबैले घोषणा गरे लाभांश, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट अहिलेसम्म २४ वटा बाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक बाहेक दुई सेञ्चुरी र सिभिलले अझै पनि लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गरेका २४ बाणिज्य बैंकको औषत लाभांश १५.०४ प्रतिशत रहेको छ । जस मध्ये बोनश शेयरको हिस्सा १२.६९ प्रतिशत रहेको छ भने नगद लाभांशको हिस्सा जम्मा २.३५ प्रतिशत मात्रै छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा डिक्सरेज गरे सँगै सबैले बोनश शेयरलाई प्राथमिकता दिएका छन् । यस वर्ष सर्वाधिक लाभांश दिनेमा नविल बैंक रहेको छ । नविलले ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने भएको छ । अहिलेसम्म लाभांश घोषणा गर्नेमा सबैभन्दा कम नेपाल एसबिआई बैंकको ५.३१ प्रतिशत रहेको छ । नविल पछि दोस्रो धेरै लाभांश दिनेमा कृषि विकास बैंक परेको छ । बैंकले २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

लाभांश घोषणा गर्ने मध्ये १४ वटाको बुक क्लोज भइसकेको छ । जस मध्ये कतिपयले साधारणसभाबाट लाभांश पारित गरेका छन् भने कितिपयले सूचिकृत नै गर्न भ्याइसकेका छन् । त्यस्तै बाँकी १० वटाको भने बुक हुन बाँकी छ । दुई वटाको आइतबार बुक क्लोज छ । उनिहरुको शेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउदैनन् ।

कम्पनी ऐन अनुसार पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्छ । त्यसैले अधिकाम्स बैंकहरुले पुस मसान्तभित्रमा लाभांश सम्पन्न गर्ने हिसावले अगाडी बढेका छन् । यदि पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न भएन भने उनिहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा हर्जना तिर्नु पर्छ । अर्को तर्फ नेपाल स्टक एक्सचेन्जले कम्पनीको वर्गिकरण गर्ने क्रममा पनि असर पर्छ । यदि उनिहरुले यस अवधिमा साधारणसभा गरेनन् भने नेप्सेले सूचिकृत गर्ने ‘क’ वर्गका कम्पनीमा पर्न सक्दैन । बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा नगर्ने भएकाले उनिहरुले कहिले पनि ‘क’ वर्गमा पर्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS