काठमाडौं । नबिल बैंक लिमिटेडले डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले निष्काशन गरिसकेको ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र गत साउन १० गतेदेखि २४ गतेसम्म विक्री गरेको थियो । डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने बैंकले जनाएको छ ।