काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको छ । छ्याङ्दी हाइड्रोपावरले १०ः ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरधनीहरुका लागि निष्काशन गर्नेछ। कम्पनीको हकप्रद निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१ दशमलव ५ को अनुपातमा ३० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।
कम्पनीले आज पुस १ गते बार्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।