Connect IPS
IME Life

अन्तर्राष्ट्रिय उडानमा अनिवार्य कोरोना बीमा गर्नुपर्ने प्रावधान तत्कालको लागी स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकले अनिवार्यरुपमा सबै यात्रुको कोरोना बीमा गर्नुपर्ने प्रावधानको कार्यान्वयनलाई हवाई उड्ययन प्राधिकरणले तत्कालको लागी स्थगन गरेको छ । हवाई सेवा कम्पनीहरुले संस्थागतरुपमै यस्तो प्रावधानको आलोचना गरेपछि प्राधिकरणले कार्यान्वयनको लागी आवश्यक तयारी गर्न हवाई सेवा कम्पनीहरुलाई समय दिएको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकहरुको छाता संस्था (आइएटिए)ले प्राधिकरणको निर्णयले अनावश्यकरुपमा हवाई उडान खर्चिलो बनाउने भन्दै चेतावनी दिएको छ । आइएटिएले पर्यटक आगमनलाई प्रोत्साहित गर्नुपर्ने बेलामा हतासमा गरिएको निर्णयले झनै पर्यटक आगमनलाई नकारात्मक प्रभाव पार्ने भन्दै प्राधिकरणलाई सचेत गराएको छ ।

Prabhu
Crest

करिब दुई साता अघि प्राधिकरणले पुस २ गतेदेखि अनिवार्यरुपमा लागू हुने गरी अन्तर्राष्ट्रिय उडान भर्ने सम्पूर्ण यात्रुको १४ दिनको होटल क्वारेन्टाइन र ५ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य उपचार खर्च व्यहोर्ने सुविधा सहितको कोरोना बीमा गराउनुपर्ने प्रावधान सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS