Connect IPS
IME Life

शेयर बजारको संवेदनशिलतामा उच्च स्तरका नेताहरुको मिडियाबाजी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको संवेदनशिलतालाई नबुझी पब्लिक सेन्टिमेन्ट आकर्षित गर्न उच्च स्तरका नेताहरुको मिडियावाजी बढेको छ । गत शनिवार एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले शेयर बजारको विषयलाई लिएर गरेको टिप्पणीले आलोचित बनायो । दाहालले ‘पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको’ टिप्पणी दिए पछि आइतबार र सोमबार मात्रै शेयर बजारमा १६० अंक भन्दा धेरैले पहिरो गयो । शेयर बजारलाई लिएर सञ्चार माध्यममा चर्को विरोध भयो ।

प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले समेत आलोचना गर्न भ्याए । वलीले ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले सेयर लगानीकर्ताले चन्दा नदिएपछि ध्वस्त पार्न त्यस्तो बोलेको’ भन्दै सटाएर हान्न भ्याएका थिए ।

Prabhu
Crest

ओलीले प्रचण्डलाई शेयर बजारको संवेदनशिलतालाई नबुझी, लगानीकर्ताको निद हराम पार्ने काम गरेकोसम्म भन्न भ्याए । जवकी ओलीकै अर्थमन्त्री डा. युवराज खतिवडा रहुन्जेल शेयर बजार सुधार हुन सकेन । खतिवडाको बहिर्गमन पछि ब्रोकर कम्पनीका मालिक विष्णु प्रसाद पौडेल अध्यमन्त्री भए पछि शेयर बजार सुधार भएको थियो ।

ओलीको टिप्पणी पछि प्रचण्डले बिहीबार बिहान प्रेश विज्ञप्ति जारी गर्दै ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि भएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणी’ भनेका छन् । प्रचण्डको विज्ञप्तीमा पुँजीवादको चरित्रबारे आफूलेले गरेको विश्लेषण सही रहेको दाबीसमेत गरेका छन् । केपी ओलीलाई काउन्टर दिन प्रचण्डले आज दिएको अभिव्यक्तिले बजार थप घटाउन टेवा पुर्यायो ।

शेयर बजारको सामान्य जानकारी समेत नभएका नेताहरुले आरोप प्रत्यारोपका क्रममा दिएको अभिव्यक्तिले शेयर बजारलाई प्रभावित परिरहेको छ । उच्च स्तरका नेताका लागि शेयर बजार धेरै ठुलो मुद्दा होइन । ४०/५० लाख हाराराहारीको एउटा जमातको सेन्टिमेन्ट आर्षित गर्न ओलीले हिजो एक भाषणमा प्रचण्डको खरो आलोचना गर्न भ्याए । शेयर बजारको विज्ञकै जस्तो गरी ओलीले दिएको अभिव्यक्तिले प्रचण्डलाई नराम्रो सँग छोयो । यसरी उच्च स्तरका नेताको पौठाजोरीले शेयर बजार भने प्रभावित भइरहेको छ ।

गत शनिवार प्रचण्डले अर्थमन्त्री शर्माको बचाउका लागि दिएको अभिव्यक्ति शेयर बजारका लागि घातक बन्यो । यस्तो कार्य नेपालको शेयर बजारका लागि नयाँ भने पक्कै होइन । पुर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले शेयर बजारलाई जुवाघर भन्दै टिप्पणी गर्दा तत्कालिन समयमा शेयर बजारमा ठुलो पहिरो गयो ।

त्यस्तै केपी ओलीका अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्र भन्दै दिएको अभिव्यक्तिले यस भन्दा अगाडीको वियरिस ट्रेण्डलाई राम्रो मलजल पुगेको थियो । त्यसैले उच्च पदस्थ व्यक्तिहरुले बोल्नु अगाडी शेयर बजारको संवेदनशिलतालाई लिएर सजग हुनु पर्ने देखिन्छ ।

नेपालको शेयर बजार विश्वका अन्य देशको तुलनामा खासै विकास हुन सकिरहेको छैन । राज्यको नीति निर्माण गर्ने तहमै बसेका उच्च पदस्थ व्यक्तिहरुले कहिले जुवा घर त कहिले अनुत्पादनमुलक क्षेत्रको रुपमा व्यवहार गर्दा विकास हुन नसकेको हो । जसले गर्दा नेपालको शेयर बजारमा इक्वीटी भन्दा खासै अन्य इन्ट्रुमेन्ट प्रयोग भएको पाइदैन ।

जवकी विश्का साना साना देशहरुले पूँजी बजारका माध्यम मार्फत अर्बौ रुपैयाँ राजस्व उठाउने गरेका छन् । गएको वर्षमा नेपाल सरकारले अन्य क्षेत्रको तुलनामा सर्वाधिक धेरै कर उठाउन सफल भयो । यति हुँदा हुँदै पनि सरकारका पदाधिकारीहरुले यसलाई प्राथमिकतामा राख्न सकेका छैनन् । शेयर बजारबाट अन्य व्यक्तिहरुले फोकटमा पैसा कमाए भन्ने किसिमको सोच भन्दा माथि उठ्न सकेको छैन ।

यसै क्रममा ठुला नेताहरुले समय समयमा शेयर बजारका विषयमा गर्ने टिप्पणी तथा विचारले शेयर बजार पेनिक हुने गरेको छ । अझ लगानीकर्ताहरु उनिहरुको टिप्पणीकै कारणले अर्बौ रुपैयाँ गुमाउनु परेको छ । शेयर बजार सोझा साझा न नबुझेका व्यक्तिहरुले कारोबार गर्ने ठाउँ होइन । त्यसैले गर्दा शेयर बजारका विषयमा यस्ता नेताहरुले अनावस्यक रुपमा सस्तो टिप्पणी गरिरहनु पर्ने देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS