काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजीएस प्रणालीमा एक डेभलपमेन्ट बैंक सहित थप ७ वटा कम्पनी आवद्ध भएका छन् । आज पुस १ गतेदेखि लागु हुने गरि १ विकास बैंक र ६ फाइनान्स कम्पनी डाइरेक्ट पार्टीसिपेन्टको रुपमा आबद्ध भएको राष्ट्र बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आजबाट सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स, र रिलायन्स फाइनान्स आरटिजीएस प्रणालीमा आबद्ध भएका हुन् ।