काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २,३७६ दशमलव ७४ को विन्दुमा कायम हुँदा आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले नै कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् ।