Connect IPS
IME Life

नेप्से ३७ अंकले घट्दा म्युचुअल फण्ड बाहेक सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २,३७६ दशमलव ७४ को विन्दुमा कायम भभएको छ । आज १८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसुचक घटेका छन् ।

आज २२४ वटा कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३३० रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज नेपाल बङलादेश बैंकको ७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ३५४ रुपैयाँ शेयर मुल्य कायम भएको छ । समृद्धि फाइनान्स कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले नै कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS