काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार ६०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राम लगन मंडरको नाममा रहेको १८ हजार ६०० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको संस्थाले जनाएको छ ।
उक्त शेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले सुचना जारी भएको मितिले ३५ दिनभित्र केन्द्रिय कार्यालय, सप्तरीमा आफूले खरीद गर्ने शेयरको कित्ता खुलाई निवेदन दिन आग्रह गरेको छ ।
कम्पनीले तोकेको समय ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जनाएको छ ।