Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सपोर्ट लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ७६९ रुपैयाँ २३ पैसा कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयर मूल्य २ हजार ३ सय रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

सपोर्ट लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १० गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले सूर्योदय लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनश शेयरको मुल्य समायोजनपछि मूल्य १ हजार ४२७ रुपैयाँ ५० पैसा कायम गरेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य १ हजार ७१३ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

सूर्योदय लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले पुस १६ गते सहयात्री पार्टि प्यालेस गुडिखोला, स्याङ्जामा नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, नेप्सेले वोमी लघुवित्तको २० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ३४० रुपैयाँ ८३ पैसा कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयर मूल्य १ हजार ६०९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

वोमी लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित पुस १६ गते होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा १०औं वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS