Connect IPS
IME Life

२०% लाभांश घोषणा गरेको बुटवल पावरको यस्तो छ विगत १० वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुटवल पावर कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरिसकेको छ । कम्पनीले हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनश र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले प्राप्त गर्नेछन् ।

कम्पनीले आगामी पुस २६ गते साधारणसभाको मिति समेत तय गरिसकेको छ कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Prabhu
Crest

कम्पनीको विगत १० वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने विगत १० वर्षमा जम्मा २२६ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये कम्पनीले नगद लाभांशलाई फोकस गरेको देखिन्छ । यस बीचमा कम्पनीले १७९ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने ४७ प्रतिशत मात्र बोनश शेयर वितरण गरेको देखिन्छ ।
विगत १० वर्षको अवधिमा कम्पनीले आर्थिक वर्ष २०७४ /७५ र २०७५ /७६ मा वितरण गरेको थियो । कम्पनीले ती दुई आर्थिक वर्षमा आफ्ना लगानीकर्तालाई २८/ २८ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २०७४/ ७५ मा १० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश थियो भने आर्थिक वर्ष २०७५ /७६ मा पनि १० प्रतिशत बोनश र १८ प्रतिशत नगद थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६ /७७ मा कम्पनीले १० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले २०७३/ ७४ मा २० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । आर्थिक वर्ष २०७२ /७३ मा ७ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०७१/ ७२ मा २० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । २०७० /७१ मा १५ प्रतिशत नगद लाभांश,२०६९ /७० मा कम्पनीले १८ प्रतिशत नगद लाभांश र २०६८ /६९ मा २५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS