काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र वीरगन्जस्थित स्पर्श मल्टी स्पेसालिटी हस्पिटलबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालमा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
सम्झौतापछि बैंकका कार्डवाहकले स्पर्श मल्टी स्पेसालिटी हस्पिटलको सेवा–सुविधामा छुट पाउनेछन् । सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।