Connect IPS
IME Life

नेप्से परिसूचक ४ अंकले घट्दा ४ अर्ब ५८ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव २३ अंकले घटेर २,४१४ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज बैंकिङ,होटल्स एण्ड टुरिजम, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक घटेका छन् । आज ९६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्षी विकास बैंकको १६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको ५५९ रुपैयाँ शेयर मुल्य रहेको छ ।

Prabhu
Crest

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ३५३ रुपैयाँ रहेको छ । अपि पावर कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युत कम्पनीका लगानकिर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६१ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS