काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा आज मंसिर २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले पुस १० गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।