काठमाडौं । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालन गरेको उक्त शिविरमा प्रमुखतस् कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परिक्षण गरिएको बैंकले जनाएको छ ।
शिविरमा करिव १०० जना लाभन्वीत भएको बैंकले उल्लेख गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागीे केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरीएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।