Connect IPS
IME Life

अर्थमन्त्री शर्माले लगानीकर्ताहरु सँग भने ‘पूँजी बजार घटेको प्रति चिन्तित छु, सुधारको काम गर्दैछु’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुका प्रतिनिधिहरु सँगको छलफलका क्रममा अर्थमन्त्री जनादर्शन शर्माले घटिरहेको शेयर बजार प्रति आफु गम्भिर भएको भन्दै यसको सुधारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । शेयर बजारको सुधारका लागि आफुले योजना बनाइरहेको समेत जनाएका छन् ।

आज पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री शर्मालाई भेट गरेको थियो । उनिहरुले शेयर बजारको सुधारका लागि आवस्यक कमद चाल्ने अनुरोध गरेका थिए । लगानीकर्ताले शेयर बजार सुधार सम्बन्धी ५८ बुँदे सुझावको कार्यान्वयन गर्न अनुरोध गरेका थिए । लगानीकर्ताले वर्तमान पूँजी बजारको अवस्था, शेयरधितोकर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिको विषयमा अर्थमन्त्री सँग जवाफ सोधेका थिए ।

Prabhu
Crest

अर्थमन्त्री शर्माले नेप्से र धितोपत्र बोर्डका प्रमुखको नियुक्ति प्रकृयाँ अन्तिम चरणमा रहेको र छिट्टै नियुक्ति गर्ने जानकारी दिएका छन् । शर्माले आफु पूँजी बजारको सुधारका लागि लागिपरिरहेको र कार्यदलले उठाएका मागहरु संवोधन गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । शर्माले अहिलेको बजार घटिरहेको विषयमा चिन्ता समेत व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS