काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभा बिहान ९ बजे होटल हार्दिक बागबजार, काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले रिक्त सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने, कम्पनीको नाफा, नोक्सान, हिसाब नगद तथा वासलात लगायतका वित्तीय अनुसुचिहरुमाथि छलफल गरी पारित गर्ने जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस ५ गतेदेखि २८ गतेसम्म बन्द गर्ने जनाएको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।