Connect IPS
IME Life

कांग्रेसको महाधिवेशन सकिए लगत्तै चुनाव घोषणा हुने हल्लाले शेयर बजारमा लाग्यो सर्किट, आजको लागि कारोबार बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार शेयर बजार अधिकतम ६ प्रतिशतले बढ्ने क्रममा कारोबार समय भन्दा डेढ घण्टा अगाडी नै बन्द भएको छ । अधिकाम्स कम्पनीमा सकारात्मक सर्किट लाग्ने क्रममा नेप्से सूचक नै ६ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

यस भन्दा अगाडी १२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५ प्रतिशतले बढेर ४० मिनेट कारोबार रोक्का गरिएको थियो । कारोबार खुलेको १५ मिनेट पनि नवित्दै ६ प्रतिशतले सुधार हुने क्रममा आजकै लागि बजार बन्द गरिएको छ ।

मंगबार नेप्से सूचक १३७ अंकले सुधार भएर २४१८ अंकमा रोकिएको छ । आज ५० भन्दा धेरै कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै २७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले सुधार भएको छ । आज एउटा कम्पनीको पनि मूल्य घटेको छैन ।

नेप्से सूचक अधिकतम विन्दुबाट ९१८ अंकले तल झरेर सुधार हुने संकेत सँगै मंगलबार शेयर बजारमा सकारात्मक सर्किट लागेको छ । गत भदौ २ गते नेप्से सूचक इतिहासकै सर्वाधिक ३१९९ अंक पुगेर तल झर्न थालेको थियो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार सम्बन्धी टिप्पणी गर्दा आइतबार र सोमबार भारी गिरावट आएको थियो । प्रचण्डको अभिव्यक्तिलाई लिएर घटेको बजार आजै पुर्ती भएको छ ।

नेपाली काङ्ग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व आउने निश्चित भए सँगै शेयर बजारमा राम्रो प्रभाव परेको हो । काङ्ग्रेसको अधिवेशन सकिने वित्तीकै देश चुनावी महालोमा प्रवेश गर्ने चर्चाले पनि आज शेयर बजारमा उछाल आएको छ । अधिवेशन सकिने वित्तीकै प्रधानमन्त्री शेर बहादुर देउवाले कम्तिमा पनि स्थानीय तहको चुनावको प्रकृयाँ अगाडी बढाउने छन् । अधिकाम्स कम्पनीको शेयर मूल्यमा सर्किट लागेका कारण कारोबार रकम भने एक अर्ब ८२ करोड रुपैयाँमै खुम्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS