काठमाडौं । घटेको मौकामा शेयर किन्ने हाबी हुँदा दोस्रो बजारमा सर्किट लागेको छ । पछिल्लो समयको लगातारको गिरावटले अधिकाम्स कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
नेप्सेले १२ बजेर ३८ मिनेटमा कारोबार रोकेको हो । अव एक बजेर १८ मिनेटमा कारोबार खुल्नेछ । हिजोका दिनमा प्रचण्डले शेयर बजार सम्बन्धी नकारात्मक टिप्पणी गर्दा बजारमा पहिरो गएको थियो । प्रचण्डलाई कारण देखाएर बजार घटाएका लगानीकर्ताले आज भने एकै दिन ११४ अंकले बढाएका छन् ।
घटेको मौका छोपेर शेयर खरिद गर्ने हाबी हुँदा बजारमै सर्किट लागेको हो । नेप्से सूचक अधिकतम विन्दुबार तर झर्ने क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्य आधा भन्दा तल झरेको छ । बजार अझै सुधार हुने अनुमान गरिरहेका लगानीकर्ताहरु बजारको तल्लो विन्दु कुरेर बसिरहेका थिए । आज बजार सुधार हुने संकेत देखिए सँगै लगानीकर्ताको आकर्षण बढेको हो ।