Connect IPS
IME Life

मेगा बैंकको साधारण सभा सम्पन्न, १२.०७% लाभांश बितरण गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको हो । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ०७ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले बैंकले नया उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने , प्राप्ति गर्ने लगायतका निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने विशेष प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यसैगरी सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७७/७८ पारित गर्ने, मेगा बैंक नेपाल लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको मिति २०७८ आषाढ ३१ गतेको एकीकृत वित्तीय अवस्थाको विवरण वासलात, मिति २०७७ श्रावण १ गते देखि मिति २०७८ आषाढ ३१ गतेसम्मको एकीकृत नाफा नोक्सान विवरण, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण पारित गरेको छ ।

साथै, सभाले एकीकृत नगद प्रवाह विवरण, एकीकृत ईक्विटीमा भएको परिवर्तनको विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू, वित्तीय विवरणको अनुसूचीहरू र उद्घोषण तथा अतिरिक्त विवरणहरू सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरू सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेड समेतको उपर छलफल गरी पारित गरेको छ ।

सभामा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बैंकको लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS