Connect IPS
IME Life

संस्थागत एजेन्सी ‘मेरो बीमा’ एप्सको औपचारिक उद्धघाटन, नेपालकै पहिलो भएको दावी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । संस्थागत अभिकर्ताको काम गर्नका लागि सारथी एजेन्सी प्रा.लीले मेरो बीमा नामक अनलाइन एप्स संचालनमा ल्याएको छ । आज यस एप्सको औपचारिक रुपमा उद्धघाटन भएको हो । उक्त एप्सको उद्धघाटन सारथि एजेन्सीका  अध्यक्ष उषा दाहाल र  प्रमुख अतिथि लगानी बोर्डका सदस्य तथा मेगा बैंकका संचालक बालकृष्ण शिवाकोटीले गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा अतिथीका रुपमा युवा स्वरोजगारको कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकको पुर्व कार्यकारी निर्देशक डा.विष्णु प्रसाद गौतम,  ध्रुव उप्रेति नेपाल सरकार ताल संरक्षण विकास समिति, रिलायल नेपाल लाइफका वरिष्ठ सहायक महाप्रबन्धक दिपेस वाबु तिवारी, बीमाका जानकार कोषराज सुबेदी,  इपान लुम्बिनी प्रदेशका सदस्य बलराम उप्रेती,  त्रिभुवन बिश्वबिध्यलयका पूर्व संस्थापक डीन डा. वाबुलाल शाह, त्रिभुवन बिश्वबिध्यलयका प्राध्यापक डा. अन्जु  उप्रेती लगायतको उपस्थिति  रहेको  थियो ।

कार्यक्रममा सारथि एजेन्सीका अध्यक्ष उषा दाहालले अभिकर्ताहरुलाई पनि समेटनेगरी यो एप्स लन्च गरेको उनले बताएकी छिन  । बीमा क्षेत्रमा अहिले ४ लाख २५ हजारभन्दा माथिले अभिकर्ता लाइसेन्स लिएका छन् जसमध्ये १ लाख २५ हजारले कोभिडको समयमा पनि एक्टिभ काम गरेको पाइएको छ । जसको कारणले गर्दा उनीहरुको व्यवसायलाई पनि सहयोग हुनेगर्दछ । क्लेम पाउन अस्तव्यस्तको समस्यालाई सजिलो बनाउनका लागि यस एप्सको लन्च गरेको उनको भनाई छ ।

जुन एप्समा नेपालभरका बीमा अभिकर्ताले यस एप्स मार्फत बीमितको रिमाइन्डर सिस्टम, मिटिङ रिमाइन्डर सिस्टम रहेको छ । जसमा आजदेखि तीन वर्षपछिसम्मको मितिसम्म हेर्न मिल्लने गरी राखिएको छ । बीमा कम्पनीहरुले समय समयमा ल्याउने बीमा योजनाको बारेमा जानकारी तथा न्युजका लागि त्यसका एउटा साइट म्यानेज गर्ने उनले बताएका छन् ।

त्यस्तै, बीमा कम्पनीहरुलाई यो एप्सले सहयोग गरोस भनेर यस एप्स लन्च गरेको हो । यसले बीमा क्षेत्रलाई विस्तार गर्नका लागि यस एप्सले सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै  शिवाकोटीले समय अनुसार मानिसका आवश्यक्ता बढ्दै जान्छन् र सोही अनुरुप त्यसको समाधान पनि हुँदै जाने बताए । सबैभन्दा पहिला बीमा कम्पनीहरुले बीमा के हो र किन गर्ने भन्ने कुरा सबै माझमा बुझाउनुपर्छ, त्यसपछि सिस्टोमेटिक बनाउन जरुरी हुन्छ जसका लागि मेरो बीमा एप्सले यस कामको सुरुवात गरेको भन्दै उनले मेरो बीमा एप्स संचालन टिमलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा कम्पनीका सिइओ शंकर बहादुर घिमिरेले भने “बीमा व्यवसायमा भएका विकृति, विसंगति,तथा बीमा क्षेत्रमा भएका समस्याहरुलाई पुलको रुपले काम गर्नका लागि मेरो बीमा डटकम संचालनमा ल्याएको हो । “जसमा १९ वटा जीवन बीमा कम्पनी तथा २० वटा निर्जीवन बीमा कम्पनीको बीचमा रहेर त्यसभित्र भएका राम्रा कुरालाई बजारमा उजागर गर्नका लागि , बीमा गराउने भन्दा पनि बीमा के हो भनेर बुझाउनका लागि यस एप्स संचालनमा ल्याएको उनी बताउँछन् ।” उनी भन्छन् हाललाई हामीले कम्पनीमा के के समस्या छ त्यसलाई कसरी सहयोग गर्न सक्छौ र कम्पनीलाई कुन हिसाबले सहयोग पुग्छ भन्ने हेतुले लागेका छौं ।

सिइओ घिमिरेले एजेन्सीहरुका लागि पनि शुरुमा एप टेष्ट गरिरहको कुरा सोही कार्यक्रममा बताएका छन् । जहाँ एजेन्सीहरुले बीमा कति गराएका छन आफैलाई जानकारी नहुने र नविकरण तथा प्रिमियमहरु उठाउन गाह्रो हुने भएकाले यी सबै गर्नका लागि पनि एप्सले सहयोग गर्ने र यो एप्स नेपालकै पहिलो भएको पनि बताए ।

कार्यक्रममा नेपाल लाइफ बानेश्वरका शाखा प्रबन्धक हिरामणी भट्टराईले मेरो बीमा एप्स बीमा क्षेत्रमा एउटा नयाँ उद्देश्यका साथ संचालनमा आएको छ । जहाँ हिजोसम्म एउटा अभिकर्ताको भरमा बीमा गर्नुपर्ने बाध्यता थियो । धेरै खालका विकृति थिए, जसमा बीमा अभिकर्ताहरुले समयमा प्रिमियम कम्पनीमा नबुझाउने, मृत्यु भएका बीमित बारेमा अभिकर्ताले समयमा सुचना कम्पनीमा नदिने, बीमा भुक्तानी ठिलाई हुनु र कम्पनीको बदनाम हुनु जस्ता कुरालाई अब मेरो बीमा एप्सले डिजिटल मार्फत लैजादैछ जसको कारणले गर्दा बीमा क्षेत्रमा कायापलट हुन्छ भन्ने कुरा बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS