काठमाडौं । प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमले लगानीकर्तालाई धैर्य एवं संयम रहन एक विज्ञप्ति जारी गर्दै जनाएको छ । फोरमले नियमन निकायको कमजोरी तथा निरन्तर हस्तक्षेपबाट पूँजीबजारको बृद्धि विकास र विस्तारमा लगानीकर्ताको मनोबल गिगराउने अवस्थामा पुर्याएको भन्दै लगानीकर्तालाई धैर्य एवं संयम रहन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ समग्र पूँजीबजारको विकास र विस्तारमा लगानीकर्ताहरुको मनोबल गिर्ने खालको अभ्यास खुल्ला अर्थ नीति एवं पूँजीबजार मैत्री नेतृत्वको सरकारबाट भइरहेको छ ।
सरकारमा भएको पार्टिका अध्यक्षबाटै शेयरबजार विरोधी अभिव्यक्तिले खुल्ला अर्थ नीति एवं उदारवादको विरुद्ध लगानीकर्तालाई निरुत्साहित पारेको र यसमा गम्भिर ध्यानाकर्षण भएको भन्दै लगानीकर्तालाई धैर्य एवै संयम रहन फोरमले अपिल गरेको छ ।