काठमाडौं । आज पनि शेयर बजार भारी अंकले घटेको छ । आज ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १८ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३१५ रुपैयाँ कायम भएको छ । हिमालयन डिष्टिलरीको १२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनीको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भउको छ । महालक्ष्मी विकास बैंकको १० कोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।