काठमाडौं । आज पनि शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २,२८२ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज पनि सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३३ वटा कम्पनीको ९६ करोड ७९ लाख ७२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १८ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३१५ रुपैयाँ कायम भएको छ । हिमालयन डिष्टिलरीको १२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनीको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भउको छ । महालक्ष्मी विकास बैंकको १० कोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपालका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।