Connect IPS
IME Life

थ्रि स्टार हाइड्रोपावरले बोलायो पुस २० गते वार्षिक साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले पुस २० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन गर्ने सम्बन्धमा, स्वीकृत प्रबन्धपत्रको दफा ६ का विभिन्न उपदफाहरु संशोधन गर्ने सम्बन्धमा, कम्पनीमा एक महिला र स्वतन्त्र सञ्चालक सहित ९ जनाको सञ्चालक समिति गठन गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले स्वीकृत नियमावलीको नियम २७ र २९ संशोधन गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आथिृक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनको प्रस्तुति र सोको अनुमोदन गर्ने,लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०७४/०७५ को बार्षिक आर्थिक विवरण अन्तर्गत २०७० साल आषाढ मसान्त सम्मको वासलात, २०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसंग सम्बन्धित सम्पूर्ण अनुसूचिहरुलाई छलफल गरी अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

सभमा आथिृक वर्ष २०७४/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरी निजको पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीक्षक नियुक्तिको लागि योग्य हुने प्रस्ताव पशे हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS