Connect IPS
IME Life

शेयर बजार ११ महिनाकै न्युन विन्दुमा, ९०० अंकले घट्दा अन्तिममा प्रचण्ड बने कारक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार ११ महिनाकै न्युन विन्दुमा झरेको छ । गत भदौ २ गते सर्वाधिक उचाइमा पुगेर तल झर्न थालेको शेयर बजारमा हालसम्म ९०० अंक भन्दा तल झरिसकेको छ । लगातार ओरालो झरेको शेयर बजारमा पछिल्लो समयमा प्रचण्डको भनाइले थप टेवा पुर्याएको छ । उनले शनिवार औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको धारणा व्यक्त गरेका थिए । उनको अभिव्यक्तिले हिजो र आज मात्रै नेप्से सूचक १७० अंक भन्दा धेरैले घटिसकेको छ ।

Prabhu
Crest

उनको अभिव्यक्ति पछि चौतर्फी विरोध भए सँगै उनका स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले दिएको मन्तव्य सैद्धान्तिक रुपमा सहि भएको टिप्पणी गरेका छन् । उनले यधपी अहिलेको नेपाली पूँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई स्पष्ट गर्न चाहेको भन्दै ट्वीट गरेका छन् । उनले यसमा कोहि भ्रमित हुन र अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तक छैन भनेका छन् ।

विगत दुई वर्षमा मात्रै शेयर बजार ११ सयबाट ३२०० पुगेको थियो । शेयर बजारमा एकैपटक २१ सय अंकले सुधार भएकाले केहि करेक्सन हुनेवाला नै थियो । बजार घट्ने अनुमान सँगै ठुला लगानीकर्ताहरु विगतमा नै बिक्री गरेर बाहिरिसकेका छन् । बजारलाई सपोर्ट गर्ने बैंकिङ तरलता तथा व्याजदर दुबै नकारात्मक छन् । यसले गर्दा पनि शेयर बजार सुधार भन्दा गिरावट हुने पक्षमा थियो । मात्रै बजारले कारण खोजिरहेको थियो ।

यसै क्रममा केहि ठुला लगानीकर्ताले कहिले प्रचण्ड त कहिले बैंकिङ तरलता, गभर्नरको छायाँ देखाउदै घटाउने प्रयत्न गरिरहेका छन् । बजार घट्दो क्रममा जानका लागि कुनै न कुनै कारण आवस्यक पर्छ । यस पटक भने नेपाल राष्ट्र बैंकको ४/१२ करोड रुपैयाँको शेयर धितो कर्जाको सिमा र पछिल्लो समय अध्यक्ष प्रचण्डको अभिव्यक्ति बनेको छ । यस भन्दा अगाडीको वियरिस मार्केटमा पनि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले विविसी नेपाली सेवामा दिएको अन्तर्वार्ताका क्रममा शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्रका रुपमा संज्ञा दिएका थिए । त्यस पछि शेयर बजार तल झरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS