काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । उक्त साधारण सभा मकवानपुरको हेटौँडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि शुरु हुने छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष पेश गर्ने आर्थिक बर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,
लेखापरीक्षकको प्रतिवेदन सहितको आथिृक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने छ ।
्रत्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८र०७९ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।