Connect IPS
IME Life

अम्बिका पौडेलको संयोजकत्वमा पूँजी बजार सुदृढीकरण बृहत कार्यदल गठन, यस्ता छन् माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका सदश्य तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा पूँजी बजार सुदृढीकरण बृहत कार्यालय गठन भएको छ । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त सहभागितामा कार्यदल गठन भएको हो ।

अर्थमन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन वर्ष अघि नै गर्छु भनेका ५८ बुँदे बाँकी कामहरु पुरा नहुँदा र यसवीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गंभिर संकट उत्पान्न भएको कार्यदलको भनाइ रहेको छ । यो संकट समाधानका लागि लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको शेयर बजारले करिब १२ खर्ब गुमाइसकेको उनिहरुले जनाएका छन् । यस अवधिमा सरकारले पनि अर्बौ रुपैयाँको राजश्व गुमाइसकेको छ । ४७ लाख भन्दा धेरै डिम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पत्ती गुमिसकेको छ ।

Prabhu
Crest

कार्यदलले यस संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकर मार्फत मार्जिन ट्रेडिङ कारोबार पुर्ण रुपमा कार्यान्वयन नभएसम्म राष्ट्र बृंकले लगाएको शेयरधितो कर्जाको सिमा तत्काल हटाउने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्ने र ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्नका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग राखेको छ ।

लगानीकर्ताहरुले समस्या समाधानका लागि सुझाएका उपायहरुको सम्बोधन नगरी परिस्थिति अरु बिग्रेर गएमा त्यसको सम्पुर्ण जिम्मेवार सरोकारवाला निकायहरु नै हुने भन्दै कार्यदलले ध्यानाकर्षण गराएको छ । उनिहरुले प्रतिकुल अवस्थामा लगानीकर्ताहरुलाई पनि संयमित भएर कारोबार गर्न र अन्याबश्यक नपरी शेयर बिक्री नगर्न समेत अपिल गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS