काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले नियमावलीको नियम ८(२) र ८(३) संशोधन गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।