IME Life

शेयर बजारमा ८८ अंकको पहिरो, कारोबार रकम ३ अर्ब १९ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घटेर २,३६१ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ७ दशलमव ४५ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ७२ करोड २३ लाख २४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंको ११ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकताले २ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले १ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका डिबेञ्चर इकाइधनीले १ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS