Connect IPS
IME Life

हाइड्रोइलेक्ट्रीसिटीले पुस २२ गते साधारण सभा गर्दै, लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस २२ गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसार, काठमाडौंमा हुने कम्पनीले जनाएको छ । सभा भर्चुअल माध्यबाट हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको अधारमा ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

त्यस्तै, कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने छ । सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले लाभा.श तथा साधारण सभा प्रयोजनका लागि पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS