Connect IPS
IME Life

साना किसान विकास लघुवित्तको साधारण सभा पुस १८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

Prabhu
Crest

कम्पनीको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई पारित गर्नेछ ।

सभाले सञ्चालकहरुको पारिश्रमिक, भत्ता र सुविधालाई संशोधन गर्ने तथा वित्तीय संस्थाको भवन स्थान्तरण गरेकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली ठेगाना संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS