Connect IPS
IME Life

१२ खर्ब भन्दा बढीको लगानी झिक्दैे कोइला परियोजनाबाट अलग्गियो एआइए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । हङकङमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय बीमा कम्पनी एआईए समूहले कोइला उत्पादन खानी र उर्जा परियोजनामा गरिएको आफ्नो १० अर्ब अमेरिकी डलर(१२ खर्ब १२ अर्ब नेपाली रुपैयाँ)को लगानी झिकेको छ ।

पर्यावरणलाई सिधै नोक्सानी पु¥याउने कोइला खानी र कोइलामा आधारित उर्जा परियोजनाबाट सन् २०२१ भित्र लगानी झिक्ने घोषणा अनुरुप कम्पनीले लगानी झिकेको हो । कम्पनीले मंगलबार एक आधिकारिक बयानमा घोषणा गर्दै सात वर्ष अघि नै लक्ष्य पुरा गरेको जानकारी दिएको छ । कोइला परियोजनाहरुको शेयर लगानी र स्थिर आम्दानी हुने कोइला परियोजनाबाट लानी झिक्ने लक्ष्य निर्धारित समय भन्दा सात वर्ष अगाडी नै प्राप्त गरेको हो ।

Prabhu
Crest

यस वर्षको मार्चमा, एसियाको सबैभन्दा ठूलो सार्वजनिक जीवन बीमकको रूपमा स्थापित एआइएले २०२१ अन्त्यसम्ममा कोइला खानी र कोइलाबाट चल्ने उर्जा व्यवसायहरुमा आफ्नो शेयर लगानीबाट पूर्णरुपमा अलग हुने, र निश्चित आय प्राप्त गर्ने गरी गरिएको लगानीलाई २०२८ सम्ममा झिक्ने घोषणा गरेको थियो ।

योसँगै कोइला खानी र उर्जामा आफ्नो लगानी शुन्यमा झार्ने पहिलो एसियाली बीमक बनेको छ । बीमाककर्ताको घोषणाले हङकङ र एसियाली नियामकहरूले सूचीबद्ध कम्पनीहरुलाई जलवायु सम्बन्धी मुद्दाहरुमा अघि बढ्न प्रोत्साहित गर्नु प्रयासरत अभियन्ताहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ । एआइएले संयुक्त राष्ट्र संघ(समर्थित विज्ञान आधारित लक्ष्य पहल अन्तर्गत उत्सर्जन कटौती र नेट(शून्य लक्ष्यको प्राप्तीको लागि उत्कृष्ट अभ्यासहरुलाई यसको २८६ अर्ब अमेरिकी डलरको लगानी विविधिकरणमा समावेश गर्ने घोषणा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS