काठमाडौं । सनराइज बैंकले सनराइज केयर योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि नलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको हो ।
यस प्लाटफर्म मार्फत ग्राहकले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्ने छन् । यस अन्तर्गत ग्राहकले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य आवेदनहरु अनलाइन मार्फत नै दिन सकिनेछ ।
हालसम्म बैंकले १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।