Connect IPS
IME Life

आदर्श लघुवित्तले आब्हान गर्यो चौथो वार्षिक साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १८ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलाञ्चोकमा हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको हिसाब, नाफा, नोक्सान, नगद तथा वासलात लगायतका अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले यस आदर्श लघुवित्त वित्तीय संस्था र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एकापसमा गाभिन वा प्राप्तिका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS