Connect IPS
IME Life

अल्पकालिन लगानीकर्ताले थेग्न सकेनन्, शेयर बजार वियरिस ट्रेण्डमै हो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अल्पकालिन लगानीकर्ता मात्रै हाबी हुँदा विगत तीन महिनादेखि शेयर बजार थामिन सकेको छैन । भदौ पहिलो साता नेप्से सूचक सर्वाधिक उचाइमा पुगेर तल झर्ने क्रममा माथि उठ्न सकेको छैन । अझै पनि बैंकिङ प्रणालीमा तरलता अभावको समस्या समाधान हुन सकेको छैन ।

अर्को तर्फ शेयर बजारकै लिक्वीडिटी घटेको छ । विश्लेषकहरुका अनुसार शेयर बजारमा तत्काल ठुला लगानीकर्ताहरु प्रवेश गर्ने देखिदैन । सहकारीहरुले निक्षेपकर्ताहरुलाई १५ प्रतिशतसम्म व्याजदर दिइरहेका छन् । सहकारीमै राम्रो व्याजदर पाउदा पाउदै उनिहरुले शेयर बजारमा लगानी गर्ने पक्षमा छैनन् ।

Prabhu
Crest

अर्को तर्फ चुनाव नभइकन भ्रष्टाचार गरेको पैसा बाहिर आउदैन । नेकपा एमालले विगत तीन वर्षमा ठुलो परिणाममा संस्थागत भ्रष्टाचार गरेको छ । उक्त पैसा चुनाव नभएसम्म बाहिर आउनेवाला छैन । स्थानीय निकायको चुनाव आउदो चैत वैशाखमा हुँदैछ । यसले केहि हदसम्म पैसा बाहिर ल्याउन मद्द गरेता पनि पुरै पैसा बाहिरिन संघिय चुनाव नै कुर्नु पर्ने देखिन्छ ।

लगानीकर्ताले तत्कालका लागि बजारमा अवसर देखिरहेका छैनन् । कतिपय ठुला लगानीकर्ताहरु बजार अझै तल झरेको देख्न चाहिरहेका छन् । अवका दिनमा बजार जति तल झार्न सक्यो भोलिका दिनमा कमाउने सम्भावना पनि उच्च छ । यसले गर्दा अझै केहि समय बजार सुधार हुने अवस्था छैन । अवको दुई तीन महिना शेयर बजार २२ सयदेखि २८ सयको विचमा तलमाथि गर्न सक्ने विश्लेषकहरु बताउछन् । स्थानीय चुनावका सामाचारले बजार सुधार गर्न मद्दत गरे पनि अधिकतम विन्दुलाई उछिन्न संघिय चुनाव नै कुर्नु पर्ने देखिन्छ ।

मार्केटको लिक्वीडिटी किन घट्यो

शेयर बजार अधिकतम विन्दुमा पुगेको समयमा शेयर बिक्री गरेर बाहिरिएका कतिपय लगानीकर्ताहरु अझै बजारमा प्रवेश गरेका छैनन् । अर्को तर्फ नेप्से सूचक ३२ सय हुँदा बिक्री गरेकाहरु बजार २६ देखि २८ सय हुँदा पुनः प्रवेश गरेर बाहिरिन नसक्ने अवस्थामा पुगेका छन् । उनिहरु थप शेयर खरिद गर्न नसक्ने अवस्थामा छन् ।

जलविद्युत कम्पनीका संस्थापकहरुले महंगोमा शेयर बिक्री गरेर बाहिरिएका छन् । ५०/६० रुपैयाँको शेयर ७/८ सय पुगेको मौका छोप्दै उनिहरुले शेयर बिक्री गरेर ऋण तिर्न भ्याएका छन् । कतिपय लगानीकर्ताले घरजग्गा खरिद गर्न भ्याएका छन् ।

लकडाउनको अवधिमा ठमेलका व्यापारीदेखि आयातकर्ताको ध्यान शेयर बजारमा थियो । बढ्दो बजारमा उनिहरुले ठुलो रकम लगानी गरेका थिए । लकडाउन खुल्न थाले सँगै उनिहरुले पनि शेयर बिक्री गरेर बाहिरिएका छन् । यसले पनि शेयर बजारको लिक्वीडिटी घटेको हो । बैंकहरुमा तरलता अभावको समस्या चुलिदै गर्दा बैंकिङ कर्जा शेयर बजारमा प्रवेश हुन पाएको छैन ।

बजार सुधार हुने आशा

यस अगाडीको अधिकतम बुलबाट लगानीकर्ताहरुले घरजग्गामा लगानी गर्न भ्याएका छैनन् । घर जग्गामा पैसा जाने क्रममै थियो तर बैंकिङ प्रणालीमा तरलता अभावको समस्या चुलियो । जसले गर्दा पैसा घरजग्गामा जान पाएन । जसले घरजग्गामा पैसा लैजाने सोच बनाउदै थिए शेयर बजार लगातार तल झर्न थाल्यो । बजार अधिकतम विन्दुमा पुगेको समयमा शेयर बिक्री गरेकाहरु पनि २८ सय अंकमा झरेको समयमा पुनः प्रवेश गरेका थिए । उनिहरु सँग थप कर्जा छैन । त्यसैले गर्दा पेनिक सेलिङ खासै देखिदैन । अल्पकालिन लगानीकर्ताको पेनिक सेल बढे पनि दिर्घकालिन र मध्यमकालिन लगानीकर्ताले कुरेर बसिरहेका छन् । यसले गर्दा पनि बजार सुधार हुने संकेत देखिने वित्तीकै बजार बढाउन मदद्त गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS