काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेको छ । आज २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२६ रुपैयाँ शेयर मुल्य कायम भएको छ । नविल बैंकको ८ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १४ सय ५२ रुपैयाँ कायम भएको छ । महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।