काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर २,४४९ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ७२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३१ वटा कम्पनीको ६२ करोड २३ लाख ७२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावर कम्पनीको ८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२६ रुपैयाँ शेयर मुल्य कायम भएको छ । नविल बैंकको ८ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १४ सय ५२ रुपैयाँ कायम भएको छ । महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्टिी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रोका इकाईधनीले ३ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।