काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर प्रादेशिक कार्यालयले अपाङ्गता पुनस्र्थापना केन्द्र, बैजनाथ—०४, बाँके लाई खाद्यसामग्री हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीका क्षेत्रीय प्रबन्धक जयदेव गौतम र नेपालगंज शाखाका प्रमुख मेगराज बी.क. उक्त केन्द्रको परिसरमा गइ डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्य एवं सह–सचिव पुर्णिमा शर्माको उपस्थितीमा खाद्यसामग्री हस्तान्तरण गरेका हो ।