काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभा्.श सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि मंसिर २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
संस्थाले पुस १० गते आफ्नो १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस प्रस्तावलाई सभाले पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।